Teachers-Service-Commission

२८ फागुन, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गरेको छ । पाठ्यक्रम परिमार्जनको काम सकिएकाले माध्यमिक तहमा ६ सय ११ दरबन्दीका लागि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

‘एक हप्ता भित्रै आयोग खुल्छ, हामी सूचना निकाल्ने अन्तिम तयारीमा छौं,’ शिक्षा सेवा आयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले भने ।शिक्षा विभागले आयोगलाई ६ सय ११ दरबन्दी माध्यमिक तहमा आवश्यक रहेको जानकारी दिएको छ । सोही आधारमा आयोग खुलाउने तयारी भइरहेको पौडेलले बताए ।

परीक्षा एक सय पूर्णाङ्कको हुनेछ र समय तीन घण्टा तोकिएको छ । परिमार्जित पाठ्यक्रमलाई विषय क्षेत्रका आधारमा तीन खण्डमा बिभाजन गरिएको छ ।

नयाँ पाठ्यक्रम शुक्रबारदेखि लागू भएको छ । आधारभूत ज्ञान सबै विषयका शिक्षक पदका लागि एउटै भए पनि खण्ड ‘क’ र ‘ख’ विषयअनुसार फरक-फरक हुनेछन् । खण्ड ‘क’ र ‘ख’का लागि उत्तर पुस्तिकासमेत अलग-अलग हुनेछन् ।

प्रत्येक क्षेत्र समेटिने गरी प्रश्न सोधिने र छोटा उत्तर आउने प्रश्नहरु ज्ञान, सिप र प्रयोग तहका हुनेछन् । यसैगरी लामो उत्तर आउने प्रश्नहरु संज्ञानात्मक तहका सबै क्षेत्रलाई समेट्ने किसिमका हुने आयोगले जनाएको छ । परीक्षा अंग्रेजी वा नेपाली दुबै माध्यममा दिन सकिने छ ।एक दशक अघिको पाठ्यक्रम पुरानो भइसकेकाले संशोधन गरी समय सापेक्ष बनाइएको आयोगका प्रशासकीय अधिकृत पौडेलले दाबी गरे ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia