आगामी मंसिर १६ गतेको उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । बिहीबार राति १२ बजेदेखि मौन अवधि लागू भएको हो । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था छ । मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन ।

आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ । जिल्ला समन्वय समिति प्रमुख २, मेयर र उपमेयर १–१, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । मतदानका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ वटा मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।४४ पदमध्ये ३ पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ ।

ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भइसकेका छन् ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia