Hattipaile-FILARIASIS

२४ फागुण। विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोग निवारणका लागि सरकारले २०७२ को आम औषधि सेवन गराउने कार्य यही फागुन २९ गतेबाट सुरु गर्दैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालका ३६ जिल्लाका एक करोड ३० लाख जनतालाई औषधि खुवाउने महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले जानकारी दिए ।

नेपालमा हात्तीपाइले रोग निवारण अभियान सन् २००३ देखि नै सुरु भएको हो । गतवर्ष नेपालका एक करोड ६८ लाख मानिसलाई यो रोगको औषधि खुवाइएकामा यो वर्ष ३६ जिल्लाका एक करोड ३० लाख मानिसलाई औषधि खुवाउने लक्ष्य रहेको निर्देशक मरासिनीले बताए ।

औषधि सेवन गराउने कार्यक्रमका लागि औषधि खुवाउने जिल्लामा १३ हजार ७८ स्वास्थ्यकर्मी तथा ६५ हजार ६७८ स्वयम्सेविका परिचालन हुनेछन् । औषधि खरिद तथा परिचालनमा करिब रु ३४ करोड खर्च लाग्ने बताइएको छ ।

नेपालका ६१ जिल्लामा आमऔषधि सेवन कार्यक्रम विभिन्न चरणमा सञ्चालन भइरहेको छ । लगातार ६ वर्षसम्म औषधि खाएमा यो रोग पूर्णरुपमा निवारण हुनसक्ने भएकाले यसबाट हुने सङ्क्रमण र अन्य समस्या रोक्न औषधि खानुपर्ने हात्तीपाइले रोग निवारण अभियानका केन्द्रीय ‘फोकल पर्सन’ तुलसी अधिकारी बताउछन् ।
हालसम्म २५ जिल्लामा छ पटकसम्म आमऔषधि खुवाउने कार्यक्रम सम्पन्न भइसकेको छ भने हालसम्म नेपालमा नौ करोडभन्दा बढी मात्रा सेवन भइसकेको अधिकारीले जानकारी दिए ।

सन् २०२० सम्म नेपालबाट पूर्णरुपमा यो रोग निवारण गर्ने उद्देश्यका सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले राखेको छ ।
महाशाखाले सन् २००३ देखि लगातार प्रत्येक वर्ष एकपटक आम औषधि सेवन कार्यक्रम सुरु गर्दैआएको छ । यही फागुन २९, ३० र चैत १ गते भोजपुर, इलाम, झापा, धनकुटा, तेह्रथुम, ओखलढुङगा, पाँचथर, सप्तरी, सिरहा, सुनसरी, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, रोल्पा, रुकम, सल्यान, बाके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्चुलामा आमऔषधि सेवन कार्य हुँदैछ । यही फागनु २१–२३ गते मोरङ र उदयपुर जिल्लामा पनि आमऔषधि सेवन कार्य सम्मन्न हुँदैछ ।

हालसम्म आमऔषधि सेवनको समयमा स्थानीय स्वास्थ्य संस्थाको सम्पर्कमा आएका ३२ हजारभन्दा बढी बिरामी ९हातखुट्टा सुन्निएका, यौनाङ्ग तथा स्तन सुन्निएका बिरामीको प्रतिवेदन केन्द्रमा आएको र देशभर करिब एक लाखको सङ्ख्यामा बिरामी रहेको महाशाखाको अनुमान रहेको डा मरासिनीले बताए ।

चालु आर्थिक वर्ष २०७२÷७३ बाट केही जिल्लामा हात्तीपाइले रोगका बिरामीको नक्साङ्कन कार्य सुरु गरिएको तथा यसैवर्ष देशभरका सरकारी अस्पतालबाट करिब ११ हजार हाइड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने कार्य सुरु गरिएको उनले बताए ।

हात्तीपाइले रोगका औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे तथा सिकिस्त बिरामीले खानु हुँदैन । साथै खाली पेटमा यो औषधि सेवन नर्गन पनि चिकित्सकले सल्लाह दिएका छन् ।

स्वास्थ्य व्यक्तिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयम्सेविकाले भने अनुसार खानासँगै वा खानापछि सेवन गर्नुपर्दछ ।एभरेष्टदैनिकबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia