- अजित झा

इनरुवा। नेपाल–भारत क्षेत्रका समस्या र चुनौति बुझ्न सुनसरी प्रशासनले पैदल यात्रा सुरु गरेको छ । जिल्ला सुरक्षा समितिका पदाधिकारी सहितको टोलीले सुनसरीको अमडुवा क्षेत्रबाट सीमा पैदल यात्रा सुरु गरेको सशस्त्र प्रहरी बल ४ नम्वर गण सुनसरीका प्रमुख समेनन्द बच्राचार्यले बताउनुभयो ।

अमडुवाबाट सुरु भएको पैदल यात्र कोसी गाउँपालिका ८ स्थित भण्टाबारी स्थित कोशी किनारमा पुगेर समापन हुने उहाँले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समिति सुनसरीले सीमा पैदल यात्रालाई स्तम्भ र दशगजाको अवस्थासँगै सिमावासी नेपालीका समस्या र चुनौति बुझ्ने माध्यमका रुपमा लिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो ।

पैदल यात्राका क्रममा सुरक्षा निकायको टोलीले सिमावासीसँग प्रत्यक्ष भेटेर वस्तु स्थिति बुझ्ने क्रमलाई समेत संगसंगै अघि बढाएको उहाँले बताउनुभयो । स्थानीयले सीमा क्षेत्रका सूचना र जानकारी सुरक्षा टोली समक्ष राख्दै आएका छन् ।

सिमित स्रोत र साधन सहितको सुरक्षाकर्मीको उपस्थिति बोर्डर क्षेत्रमा अपर्याप्त रहेको स्थानीयवासीले बताएका छन् । खुला सीमाको आडमा लुकीछुपी हुने लागुऔषध कारोबार, चोरी र तस्करी नियन्त्रण नहुने स्थानीयवासीको भनाई रहेको छ । सुनसरीमा ६१ दशमलव ९ किलोमिटर भू–भाग भारतसँग सीमा जोडिएको छ ।

खुल्ला सीमाका कारण हुने लागुऔषध कारोवार र तस्करी नियन्त्रण सुरक्षा निकायका लागि टाउँको दुखाईको विषय बन्ने गरेको छ । सीमासँग जोडिएका यावत विषयबारे स्थलगत जानकारी लिनका लागि पैदल यात्रामा निस्किएको प्रजिअ तिवारीले बताउनुभयो ।

पैदल यात्राका क्रममा उठेका विषय उपर जिल्ला सुरक्षा समितिको बैठकमा छलफल गरी अघि बढ्ने प्रजिअ तिवारीले बताउनुभयो । पैदल यात्राको क्रममा जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले भारतीय सीमा सुरक्षा बल एसएसबी सँग समेत समन्वय गरी दुई तर्फी नाकाको अवस्था र सीमा स्तम्भको सुरक्षा लगायतका बारेका जानकारी साटासाट गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia