इनरुवा। सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजार स्थित सुपरमार्केमा ठेला लिएर आईपुग्नुहुन्छ । ठेलमा माटोको भाडामा एक भाडो पानी, चन्नाबाट बनाएको सातु, प्याज र कागती लिएर बिहानै ५ बजै उहाँ आइपुग्नुहुन्छ । उहाँले बिहानै आए देखि नै उहाँको ठेला नजिक सातु पिउनेको भिड हुन्छ ।
उहाँले लिएर आउने ठेलाको टाईरमा हाबा नभएपनि उहाँको सातु भने स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाई रहेको छ । पौदारको ठेला नराम्रो भएपनि ग्राहकलाई सातु खुवाएर सन्तुष्टि बनाउनुभएको छ । सातु बिक्रि गरेर मासिक रुपमा ५० हजार रुपैयाँ कमाउन सफल भएको उहाँले बताउनुभयो ।
गर्मी यामका बेलामा एक लाख रुपयाँ मासिक कमाउने गरेको र चिसोको बेलामा ५० हजार रुपैयाँ आम्दनी गर्दै आएको उहाँको भनाई रहेको छ । चिसोका बेलामा दैनिक रुपमा १ सय देखि १ सय ५० वटा ग्लास सम्म सातु बिक्रि हुने गरेको छ भने गर्मीका बेलामा २ सय देखि २५० वटा ग्लास सम्म सातु बिक्रि हुने गरेको उहाँले बताउनुभयो ।
उहाँले करिव ५ बर्ष देखि इनरुवाको मुख्य बजारमा सातु बिक्रि गर्दै आउनुभएको छ । उहाँले बिगतका बर्षमा बिभिन्न ब्यापर गर्दा असफलता प्राप्त भएकोमा यो ब्यपारले राम्रो फाईदा हुने गरेको पौदारले बताउनुभयो ।
चनालाई घरमा सुकाएर, पहिले चनामा भएको बोक्रो हात र जाताले छुटाई पछि मेसीनको सहारमा चनालाई सातु बनाउने गरेका र बिहानै आएर उपभोक्ताको माग अनुसारको पानी, सातु, कागती, मसाला, प्याज, नुन र हरियो खुसार्नी हालेर बनाएको सातु दिदा उपभोक्ता सन्तुष्टिका साथ पिउने गरेको पौदारले बताउनुभयो ।
दैनिक रुपमा सामग्री महगिदै गएका बेलामा प्रति ग्लास सातुको ४० रुपैयाँ लिने गरेको उहाँको भनाई छ । प्रति ग्लास ४० रुपैयामा बिक्रि गर्दा दैनिक रुपमा ४ हजार रुपैयाँ देखि ५ हजार रुपैयाँ सम्मको बिक्रि हुने गरेकोमा खर्च कट्टा गरेर मासिक रुपमा ५० हजार रुपैयाँ देखि ६० हजार रुपैयाँ सम्म आम्दनी हुने गरेको पौदारले बताउनुभयो ।
सातु बेचेरै छोरीको बिहे गर्नुका साथै ५ जना सदस्य रहेको आफ्नो घरपरिवार चलाउदै आएको उहाँले बताउनुभयो । आर्थिक अभावका कारणले आफ्नो उपचार गराउनका लागि समस्या भएको बेलामा सातुको आम्दनीले आफ्नो उपचार गराउनका लागि समेत सफल भएको उहाँले बताउनुभयो । एक लाख रुपैयाँ देखि २ लाख रुपैयाँ खर्च गरेर बिदेशमा गएर ४० हजार रुपैयाँ देखि ५० हजार रुपैयाँ आम्दनी गर्दै आएकोमा आफु सोही बरावरको लगानीमा घरमै बसेर राम्रो आम्नदनी गर्दै आएको र दैनिक रुपमा सयौं साथीभाईसंग भेट समेत गर्दै आएको उहाँले बताउनुभयो । स्वदेशमै राम्रो काम गरे बैदेशिक रोजगारीका लागि अर्काको देशमा पसिना बगाउनु नपर्ने उहाँले सन्देश समेत दिनुभएको छ ।