- अजित झा

इनरुवा। सीमा क्षेत्रबाट हुने लागुऔषधको कारोवार नियन्त्रण गर्नु सशस्त्र प्रहरीको दायित्व भित्र पर्छ । सीमा क्षेत्रबाट हुने चोरी तस्करी, लागुऔषध, राजश्व चुहाबट नियन्त्रण, हातहतियार अवैद्ध किसिमले हुने कारोवार नियन्त्रण लगायतका कार्य सशस्त्र प्रहरीको दायित्व भित्र नै पर्ने गरेको छ ।

त्यो कार्यलाई सशस्त्र प्रहरी बल–४ नम्वर गण सुनसरीले निरन्तरता दिएको छ । सशस्त्र प्रहरी–४ नम्वर गणले चालु आर्थिक बर्षमा लागुऔषध नियन्त्रणका लागि अभियान सञ्चालन गर्नुका साथै सीमाक्षेत्रबाट हुने लगुऔषध नियन्त्रण गर्ने कार्यलाई समेत निरन्तरता दिएको छ । सशस्त्र प्रहरी–४ नम्वर गण सुनसरीले चालु आर्थिक बर्षको चार महिनामा १ हजार ३ सय केजी गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी सुनसरीले सुरु गरेको लागु औषध नियन्त्रण अभियान अन्तर्गत ४ महिनाको अवधिमा १ हजार ३ सय ९४ केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो । जिल्लामा खुल्ला सीमाको प्रयोग गरेर भारतीय बजार तर्फ लगिरहेका बेलामा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले गोप्य सूचनाको अधारमा गाँजा बरामद गरेको उहाँले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले चालु आर्थिक बर्षको साउन महिनामा ३ सय ५९ केजी, भदौंमा ५ सय २९ केजी र कात्तिक महिनामा १ सय ८३ केजी गरेर १ हजार ३ सय ९४ केजी गाँजा बरामद भएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी स्पास्मो प्रोक्सिभोन १६ पिस बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो । सोही अवधिमा ब्राउन सुगर ९१.७९ ग्राम, ट्रमानील १८ हजार ४ सय ५० पीस बरामद भएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia