इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक एका बिहानै भएपछि हातमा दाउँ लिएर घरबाट निस्कीनुहुन्छ । उहाँले बिहानै बाँसलाई काटनुका साथै आवश्यकता अनुसार बाँसलाई फोडेर विभिन्न आकारमा काट्ने काम गर्नुहुन्छ । उहाँ जस्तै हरिनगर २ की गीता मरिकले समेत बिहानै उठेर बाँस बाट हुने बिभिन्न सामग्री बनाउनकालागि लागि पर्नुहुन्छ । अहिले मरिक समुदायका व्यक्तिको दैनिकी यसैगरी नै बित्ने गरेको छ ।
आस्था र लोकपर्वका रुपमा रहेको छठ पर्व आउनका लागि ५ दिन मात्र बाकी रहेका बेला मरिक समुदायका व्यक्ति अहिले छठमा प्रयोग हुने सामग्री बनाउनका लागि बस्त भएका छन् । सुनसरी सदरमुकाम इनरुवा सहित हरिनगर, देवानगन्ज, इटहरी, दुहबी, रामधुनी, कोसी, बराहक्षेत्र लगायतका स्थानीयतहमा बसोबास गर्ने मरिक समुदायले छठ आउन ३ दिन मात्र बाकी रहेका बेलामा बाँसको सामग्री बनाउन व्यस्त बनेका हुन् ।
छठमा प्रयोग हुने कोनीया, ठाकी, नाङगलो लगायतका बाँसका सामग्री बनाउनका लागि ब्यस्त भएको हरिनगर– २ का बिरेन्द्र मरिकले बताउनुभयो । छठ नजिएको बेला बाँसको सामग्रीको मांग अत्याधिक हुने गरेको र प्रयोग समेत बढी हुने भएकाले अहिले भ्याई नभ्याई भएको चन्दन मरिकले बताउनुभयो ।
एक महिना अगाडि देखि नै बाँसको सामग्री बनाउन लागेको अनिता मरिकले बताउनुभयो । गाउँ गाउँबाट २ सय देखि २ सय ५० रुपैयाँ सम्ममा बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको भट्टाई मरिकले बताउनुभयो । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले बर्ष भरि आम्दनी गर्न नपाएका मरिक समुदायका व्यक्तिले यो बेलामा राम्रो आम्दनी गर्ने उदेश्यका साथ एक महिना अगाडि देखि नै बाँसको सामग्री बनाउन व्यस्त हुने गरेको स्थानीय बिन्देश्वर मरिकले बताउनुभयो ।
छठमा बाँसको सामग्री पुर्याउनलाई आफुहरु महिना दिन अघिबाट नै काममा व्यस्त हुने गरेको गिता मरिकले बताउनुभयो । आफुहरुको रोजगार र पेशा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भई लागेको र त्यसबाट आएको आम्दनीबाट बर्ष भरिका लागि पुग्ने खाने कुराको ब्यबस्था गर्ने गरेको साथै छोराछोरीलाई शिक्षा दिक्षा समेत दिने गरेको चन्दन मरिकले बताउनुभयो । दुई जनाको सहारामा एउटा बासको ढाकी बनाउनका लागि २ दिन सम्म लाग्ने गरेको मरिक समुदायका अगुवाले बताएका छन् ।
श्रीमान र छोराछोरी संगै छठ सम्ममा २ सय कुनीया र ठकी बनाउने योजना रहेको छ । बासँको सामग्री बनाई स्थानीयको छठलाई सहज पार्ने प्रयासमा आफुहरु रहेको बताउनुहुन्छ । चाडपर्वमा बाँसको सामग्रीको मांग अत्याधिक हुने भएकाले बालबालिका देखि बृद्ध सम्म सबै व्यस्त हुने गरेको गिताको भनाई रहेको छ । यसरी मरिक समुदायले आधुनिकतासंगै बाँसको सामग्रीको मांग घटेका बेला चाडपर्वमा बाँसको सामग्री बिक्रि हुने भएकाले त्यसैमा चित्त बुझाउन बाध्य भएका छन् । त्यसैले मरिक समुदायको जिवनस्तर उकास्नका लागि बाँसको सामग्री नभईकन त्यसको बिकल्प वा व्यवसायीकरणमा ध्यान दिनुपर्ने आबश्यक्ता रहेको नेपाली काङग्रेस इनरुवाका उप–सभापति प्रदिप ढकालले बताउनुभयो ।