काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा सरकारले मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित भएसँगै श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा आर्थिक सहायता रकम बृद्धि हुने भएको छ ।

नियमावली संशोधन भएपछि सात लाख रुपैंयाँबाट बढाएर १० लाख बनाइएको हो ।

वैदेशिक रोजगार बोर्डका अनुसार असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको हो।

बोर्डका अनुसार मृतक परिवारले पाउँदै आएको राहत बढाएर अब १० लाख दिइनेछ। वैदेशिक रोजगार नियमावली २०६४ को छैटौं संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरिएको हो ।

वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको रकम नै उनीहरुले राहतबापत प्राप्त गर्दै आएका छन् ।

सरकारले भने श्रमिकको कल्याणकारी कोषमा जम्मा गएको रकमबाट मृत्युको क्षतिपूर्ति रकम दिने गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia