नेपाल औषधि व्यवसायी संघ सुनसरी जिल्ला शाखाले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

उधोग वाणिज्य संघ इनरुवाको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। दशैं, तिहार, छठ लगायतका चाडपर्वहरु लक्षित गरि संघले उक्त कार्यक्रमको आयोजना गरेको हो।

संघमा आवद्ध सदस्यहरु बिच आपसि सदभाव कायम होस् भन्ने हेतुका साथ कार्यक्रमको आयोजना गरिएको संघका सुनसरी जिल्ला शाखा अध्यक्ष दिपेन्द्र कुमार साहले बताउनुभयो।

कार्यक्रमको प्रमुख अतिथि इनरुवा नगरपालिका उपमेयर बिनिता मेहता रहनुभएका थियो भने बिशिस्ट अतिथी उधोग बाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह हुनुहुन्थ्यो।

कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै
औषधि व्यवसायीहरुलाई एकै स्थानमा भेला गरि चाडपर्वको शुभकामना आदानप्रदान गर्ने मौका प्रदान गर्नु भएकोमा आयोजकलाई प्रमुख अतिथि तथा बिशिष्ट अतिथिले धन्यवाद व्यक्त गर्नुभएको थियो।

त्यसैगरी अतिथिका रुपमा औषधि व्यवस्था विभाग कोशी अञ्चल शाखाका पुर्व सदस्य कृष्ण बोथरा, पशुपन्छी औषधि ब्यावसायि संघका पुर्व अध्यक्ष बिष्णु कुमार निरौला लगायत संघका सदस्यहरूको उपस्थिति रहेको थियो। शुभकामना आदानप्रदान कार्यक्रमको संचालन संघका महासचिव नवीन राज गौतमले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia