बेलबारी। मोरङको बेलबारी नगरपालिका ८ चिसाङ पुलनजिक दुर्घटना हुँदा सुनसरीको बराहक्षेत्र नगरपालिकामा कार्यरत प्रहरी जवानको मृत्यु भएको छ ।आइतबार साँझ कार र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा नेपाल प्रहरीका जवानको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो ।

संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।प्रहरीका अनुसार अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

दुर्घटनालगत्तै प्रहरीले कार र चालक सुन्दरहरैँचा नगरपालिका ९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia