uadaypur gupta

२४ फागुण, उदयपुर / दक्षिण कोरियाको राजधानी सोलमा एक नेपाली विद्यार्थीले एशिया न्यु प्रेसिडेन्ट फेलोसिप अवार्ड हासिल गरेका छन् । सोल नेशनल युनिभर्सिटीमाको कलेज अफ मेडिसिनमा फङ्सनल एण्ड मलिक्युलर ल्याबमा पिएचडी गरिरहेका उदयपुर बेल्टार बसाहा नगरपालिका वडा नं.–२ बस्ने रमेश गुप्ताका छोरा अरुण गुप्ताले ‘एशिया न्यु प्रेसिडेन्ट फेलोसिप अवार्ड’ हासिल गरेका हुन् ।प्रत्येक वर्ष ३ जना पिएएचडीका विद्यार्थीलाई दिइने यो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली विद्यार्थी रहेको युनिभर्सिटीले बताए । हालै आयोजित एक कार्यक्रममा युनिभर्सिटीका प्रेसिडेन्ट डा. न्याक इन सङले उक्त अवार्ड गुप्तालाई हस्तान्तरण गरेका थिए । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मेडिकल इमेजिङमा विएस्सी गरेका उनले अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सबाट न्युक्लियर मेडिसिनमा मास्टर्स गरेका हुन् । गुप्ता केही महिनाअघि मात्रै पिएचडी अध्यनका लागि कोरिया पुगेको परिवारिक स्रोतले बताएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia