भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थ्य नै सबभन्दा ठूलो धन भन्ने उदेश्यले पुरानो विमा कार्ड नविकरण र नयाँ गरि २ सय ५० जनालाई नि:शुल्क स्वास्थ्यविमा कार्ड वितरण गरिएको छ ।

पालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि गरिब तथा अति विपन्न परिवारलाई विमा कार्ड वितरण गरिएको हो।

भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थ्य सेवाबाट कोहिपनी बन्चित नहोस । कसैको स्वास्थ्य सेवाको अभावका कारण अकालमा मृत्यु नहोस् उदेश्यका साथ प्रत्येक बर्ष गरिब तथा अतिबिपन्न घरपरिवारलाई नि:शुल्क नयाँ स्वास्थ्य विमा कार्ड र एक बर्ष पूरा भएको विमा कार्डलाई नविकरण गरि जम्मा २५० जनालाई विमा कार्ड वितरण गरिएको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजम अख्तर अजादले आयोजित कार्यक्रममा बताउनु भएको हो।

कार्यक्रमा पालिका उपाध्यक्ष सुनिता कुमारी उराँव, प्रमुख प्रसाशकिय अधिकृत सुवर्ण घिमिरे, वडा १ का वडा अध्यक्ष लक्ष्मण मेहता, वडा ३ का वडा अध्यक्ष धिरेन्द्र यादव, स्वास्थ्यविमा पालिका संयोजक असफाक आलम लगायत विमितहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia