इनरुवा। जिल्ला अस्पताल सुनसरी, इनरुवामा बिरामीको ओपिडि पुर्जामा थप चेकजाँचकालागि निजी मेडिकल, ल्याबको नाम लेखिएको पाइएको छ। कोशी गाउँपालिका १ बस्ने ३५ वर्षिय दमका बिरामी महिला जिल्ला अस्पताल इनरुवामा चेकजाँच गर्न गएकोबेला सो घटना भएको हो।

डा. रोहित कुमार कर्ण द्वारा मेडिकल परिक्षण पश्चात PFT Test का लागि ओपिडि पुर्जामा निजी मेडिकलकको नाम, सम्पर्क व्याक्ति र दिन समेत उल्लेख गरिएको छ। पलमोनरी फंक्सन टेष्ट (PFT Test) दम रोग संग सम्बन्धित परिक्षण हो।

जिल्ला अस्पताल सुनसरीमा उक्त PFT Test को सुविधा नरहेको डा. कर्ण बताउछन्।

अस्पतालमा सेवा उपलब्ध न भै सकेपछि बिरामीलाई अन्यत्र जानु पार्ने झन्झटलाई मध्यनजर गर्दै डा कर्णले आफ्नो व्याक्तिगत पहलमा सो परिक्षण नि:शुल्क गरेका उनको भनाई छ।

डा. कर्णका अनुसार उक्त परिक्षण आवश्यक पर्ने बिरामीलाई समयको व्यवस्थापन गरि आफ्नो व्याक्तिगत पहलमा निजी मेडिकल, ल्याबमा नि:शुल्क सेवाको बेबस्था मिलाएका हुन्।

सरकारी अस्पतालको ओपिडि पुर्जामा निजि मेडिकल वा ल्याबको नाम लेखेर चेकजाँचकालागि सल्लाहा दिनु गलत भएको सरोकारबालाको बुझाई छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia