north-south-korea-map

२४ फागुण, सोल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो मात्रामा संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । दक्षिण कोरियामा सुरु भएको सो सैनिक अभ्यासले उत्तर कोरिया चिढिएको बताइएको छ । उत्तर कोरियाले यस अभ्यासपछिको प्रतिक्रिया दिँदै थप आणविक परीक्षणको चेतावनी समेत दिएको एक समाचारमा जनाइएको छ ।

यस्तो सैन्य अभ्यास दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले वर्षेनी गर्ने गरेका छन् । सो परीक्षणले कोरियाली प्रायद्वीपमा वर्षेनी तनाव थप्ने गर्दछ । अमेरिका र दक्षिण कोरियाको यस संयुक्त सैन्य अभ्यासले पछिल्लो समयमा तनावमा रहेको यस देशलाई थप भड्काएको बताइन्छ । उत्तर कोरियाले हालैमात्र गरेको लामो दुरीको रकेट परीक्षण र त्यसपछि उसका विरुद्धमा संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीपछि यो संयुक्त सैन्य अभ्यास थालिएको छ ।

उक्त अभ्यासमा कम्तीमा पनि ३० हजार जना दक्षिण कोरियाली र करिब १५ हजार अमेरिकी सैनिक सहभागी रहने छन् । उक्त सैनिक अभ्यास सुरु हुुनुभन्दा केही समयअघि प्रकाशन गरेको विज्ञप्तिमा उत्तर कोरियाली राष्ट्रिय सुरक्षा परिषदले यो सैनिक अभ्यास सैनिक आक्रमणको तयारी हो भन्दै त्यसको रक्षात्मक अवस्थाका लागि उत्तर कोरिया सधैँ तयार रहेको बताएको छ ।

यस सैनिक अभ्यास उत्तर कोरियाको सम्प्रभुताबिरुद्धको अभ्यास भएको भन्दै यसका कारण उत्तर कोरिया डराउने नभई थप शक्तिका लागि तयारी गर्ने धारणा पनि उत्तरले राखेको छ । उत्तर कोरियाले पछिल्लो समयमा गरेको सो रकेट परीक्षणका विरुद्धमा हालैका दिनमा विश्वव्यापी रुपमा विरोध भएको छ । सोही विरोधस्वरुप संयुक्त राष्ट्रसंघले पनि नाकाबन्दीको घोषणा गरेको हो । सो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा भएको भनिएकोले उत्तर कोेरियाले त्यसको व्यापक मात्रामा विरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia