- अजित झा

इनरुवा। शनिबारको बर्षासंगै आएको बाढीले देश भरि बिनाश गरि रहेका बेलामा यसबाट सुनसरी सदरमुकाम इनरुवा समेत अछुतो रहन्न सकेन ।

बाढीका कारणले इनरुवाको ३,४,९ र १० नम्वरमा करिब २ सय भन्दा बढी घर परिवार पूर्ण रुपले प्रभावित भएका छन् भने नगरपालिका क्षेत्र भित्रका अधिकांश घर आंसिक रुपले प्रभावित भएका छन् ।

बाढीबाट देशभरमा २२६ जनाको मृत्यु, २५ जना बेपत्ता र १५९ जना घाईते भएको गृह मन्त्रालयको तथ्याङक रहेको छ । यता सुनसरी सदरमुकाम इनरुवामा बाढीबाट विस्थापित माथि फरक कसिमको अरोप लागेको छ । सुनसरी सदरमुकाम इनरुवा ४ मा रहेका ज्ञानोदय आधारभूत विद्यालयका विद्यार्थीले वडा कार्यालयमा तोडफोड गरेका छन् ।

विद्यालयमा बाढीबाट पीडित भएकालाई राखेर फोहोर गरेको भन्दै विद्यार्थीले विद्यालय तोडफोड गरेका हुन् । शनिबार र आइतबार बर्षासंगै आएको बाढीबाट पीडित भएकालाई–४ का वडाअध्यक्ष बौवालाल मेहताले आफ्नै वडामा रहेको ज्ञानोदय आधारभूत विद्यालयमा राख्नुभएको थियो ।

बाढी घटेर घर फर्कन सक्ने अवस्था भएका घर फर्किएपनि घर फर्कन सक्ने अवस्था नभएका मरिक समुदायका परिवार अझै विद्यालयमै रहेको छ । बाढी पीडितलाई बिद्यालयमा राख्दा फोहोर दुर्गन्ध फैलिएर बुधबारदेखि शुरु हुने भनिएको परीक्षा दिन असहज भएको भन्दै प्रधनाध्यापक रामबिलाश मेहताको निर्देशनमा बिद्यार्थी बालबालिकाले वडा कार्यालयमा आएर तोडफोड गरेको वडा अध्यक्ष बौवालाल मेहताले बताउनुभयो ।

आफू कार्यालयमा नभएको बेला नियोजित रुपमा विद्यार्थीलाई वडा कार्यालय तोडफोड गर्न पठाएको अध्यक्ष मेहताले दाबी गर्नूभयो । देश नै बाढी पहिरोका कारण राष्ट्रिय शोकमा रहेको बेला पीडितलाई झन् पीडा थप्ने गरि भएको घट्ना अक्ष्यम रहेको बताउनुभयो ।

बिद्यार्थीले वडा कार्यालयमा कुर्सी, ढोका लागायतका सामाग्री तोडफोड गरेका छन् । यता बिद्यालयका प्रधनाध्यापक रामबिलास मेहताले वडा कार्यालयसँग बिस्थापीतले बिद्यालयमा जथाभावी गरिरहेको फोहोर मैलालाई व्यबस्थित गरिदिन र शैक्षिक गतिविधि सहज हुने वातावरण बनाई दिनका लागि पटक–पटक अनुरोध गर्दा पनि सुनुवाई नभएकाले वाध्य भएर आफूले विद्यार्थीलाई वडा कार्यालय घेराउ गर्न पठाएको उहाँले बताउनुभयो ।

जनप्रतिनीधि वडा कार्यालयमा नभेटेपछि आक्रोसित विद्यार्थीले सामान्य तोडफोड गरेको थाहा पाएर आफू गएर विद्यार्थीलाई फर्काएको बताउनुभयो । घट्ना घटे लगत्तै नगर प्रमुख केदार भण्डारी, उप–प्रमुख बिनिता मेहता र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला सहितको टोली अनुगमनमा गएका बेलामा कार्तिक २५ गते सम्मका लागि विदा दिनका लागि निर्देशन दिएका थिए ।

तोडफोडका कारणले ५ लाख भन्दा बढीको क्षति भएको वडा अध्यक्ष मेहताले बताउनुभयो । बिद्यालयलाई सरकारले शान्ति क्षेत्र घोषणा गरको छ भने बालबालिका कुनै पनि जुलुश, सभा, आन्दोलन नगर्न नगराउन भनिएका बेलामा प्रधनाध्यपकले नै गराएकाले तत्काल कारवाही गर्नका लागि सरोकारवालाले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia