- सुरेन्द्र मेहता

इनरुवा। डेँगी रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाहरु सङ्ग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

डेँगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतना विषय बस्तु सम्बन्धि पालिका अन्तर्गत रहेका सम्पुर्ण स्वास्थ्य शाखाका पदाधिकारीहरुलाई अभिमुखिकरण गराइएको थियो।

उक्त कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थय कार्यालय सुनसरीकी जन स्वास्थ अधिकृत पुजा कार्किले गर्नु भएको थियो ।

कार्यक्रममा पालिका अन्तर्गत रहेका सेभ द अर्थ लगायतका संघ संस्थाका पदाधिकारि सहित ७० जना भन्दा बढीको उपस्थितिमा सम्पन्न भएको थियोे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia