विराटनगर। मोरङ, सुनसरी र उदयपुर जिल्लाको ३ छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १५ गते विराटनगर महानगरपालिका-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ सुन्दर हरैँचा नगरपालिका-४ का २१ बर्षीय बिवेक ऋषिदेवलाई लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले Nitrazepam Tablet -१०० चक्की सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको प्र.२-०३-००१ज ०११४ को विङगरलाई चेकजाँच गर्दा गाडीमा सवार त्रियुगा नगरपालिका-१० का २० बर्षीय संगम भुजेल र २२ बर्षीय संगम राईको साथबाट २७ एम्पुल प्रतिवन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामधुनिबाट खटिएको प्रहरी टोलीले रामधुनी-५ का २६ बर्षीय राज भुजेल, ईटहरी -१८ का २५ बर्षीय संदिप राई र बराहक्षेत्र -६ का २९ बर्षीय सन्देश राई समेतलाई स्पासरेस्ट-३०७ क्याप्सुल, ट्रामाडोल-३८ क्याप्सुल, डिकोलिक-१३ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागु औषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia