काठमाडौँ। अविरल वर्षा, बाढी पहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् ।

नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १५९ जना घाइते रहेका छन् । काभ्रे जिल्लामा मात्रै निधन हुनेको सङ्ख्या ६७ पुगेको छ ।

अहिलेसम्म बाढी, पहिरोमा १३ हजार ६१ जनाको उद्धार गरिएको केन्द्रीय प्रहरी परिचालन कक्ष (विपद् डेस्क) ले जानकारी दिएको छ ।

साथै प्रहरीले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेकाले सडक खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु अघि सम्बन्धी जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्किन आग्रह गरेको छ ।

साथै सरकारले बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia