विराटनगर। झापा र मोरङबाट लागुऔषध सहित ३ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

असोज १४ गते साँझ झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उर्लावारी नगरपालिका-३ का २८ बर्षीय सनम धिमाललाई २ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ का २१ बर्षीय राहुल ठाकुरलाई १ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे नगरपालिका-९ का २२ बर्षीय नबिन राईलाई १००० चक्की नियन्त्रित औषधी ट्रमाडोल र स्पासपेन सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia