काठमाडौं । कोशी देखि गण्डकी प्रदेश सम्मका जिल्लाहरुमा आगामी बुधबारबाट वर्षा हुने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेस सहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

कोशी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद पोखरेलले बुधबार देखि शनिबार सम्मै गण्डकी देखि कोशी प्रदेश सम्म अपराह्नपख वर्षाको सम्भावना रहेको जनाएका छन्।

उनका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने वर्षाको खासै सम्भावना छैन।

गएको बिहीवारदेखि भएको अति ठूलो वर्षाका कारण कोशीदेखि लुम्बिनी प्रदेशसम्म ठूलो जनधनको क्षति भएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia