काठमाडौँ । झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको छ। धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् ।

उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले बताए ।

घटनास्थलबाट सङ्कलन गरिएको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदैछ ।

दुई वटा माईक्रो र एउटा बसमा सवार यात्रुलाई पहिरोले पुरेको हो । गोरखाबाट काठमाडौँ आउँदै गरेको ना.४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए ।

चितवनबाट काठमाडौँ आउँदै गरेको बा.२ ख १३४५ नम्बरको हायसमा १७ जना र लु. १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia