इनरुवा । काेशी ब्यारेजमा खतराकाे संकेत राताे झण्डा फहराइएकाे छ भने आवतजावतमा समेत रोक लगाईएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले आज एक सुचना जारीगरि सो जानकारी गराएको हो। आज दिउँसो ४ बजे देखि अर्को सुचना नआउन्जेल सम्म पुर्ण रुपमा रोक लगाएको हो।

लगातार केहिदिनको बर्षाको कारण सप्तकोशी नदिमा पानीको बहाव बढेको हो। पानीको बहाव ५ लाख २१ हजार ४ सय ५५ नाघिसकेको छ ।

कोशी ब्यारेजका सबै ढाेका खाेलिएकाे कोशी ब्यारेजले जनाएको छ ।
जल संसाधन विभाग पटनाले ब्यारेजमा पानीकाे मापन ७ लाख क्युसेक आसपास पुग्ने अनुमान गरेकाे छ । हाल सम्म सुनसरीकाे तटीय क्षेत्रमा अहिले सम्म कुनै क्षति नपुगेकाे सुनसरी प्रशासनले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia