इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ परेका छन्। दुबईबाट पक्राउ गरी बुधबार तीनै जनालाई काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

ठगी मुद्दा र बलात्कार मुद्दामा फरार रहेका प्रतिवादीहरू पक्राउ परेका हुन्। ठगी मुद्दामा फरार रहेका भूपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी पक्राउ परेका छन्। त्यस्तै जबरजस्ती करणी मुद्दामा रोमन कार्कीलाई प्रहरीले पक्राउ गरी काठमाडौं फिर्ता ल्याएको हो। इन्टरपोलबाट अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरी उनीहरूलाई दुबईबाट पक्राउ गरिएको हो।


तपाईको प्रतिक्रिया

trusted online casino malaysia