विराटनगर । मोरङको २ छुट्टा छुट्टै स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।
असोज ८ गते दिउँसो साढे १२ बजे रंगेली नगरपालिका-९ का लुखीराम हेमरमको श्रीमती २७ बर्षीय साक्रो हेमरम खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो भने सोही राती १० बजे मिक्लाजुङ गाउँपालिका-३ स्थितमा घर बनाउन गएका मिस्त्री झापा दमक नगरपालिका-४ का ३६ बर्षीय कुमार मोते घर बाहिर उभिएको अवस्थामा चट्याङले लागी घाईते भई उपचारको लागि दमक अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको थियो ।