- देवराज यादव

सुनसरीको काशी गाउँपालिका ३ पश्चिम कुशाहामा रहेको कोशीटप्पु होटलको स्टोरमा आगलागी हुदाँ चार लाख ५० हजार रुपियाँ बढीको समान जलेर नष्ट भएको छ ।

आईतबार विहान भएको आगलागीमा होटेलमा रहेको स्टोर कोठा जलेर नष्ट भएको सञ्चालक बैजु मण्डलले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार जिल्लाको कोशी गाउपालिका ३ पश्चिम कुशाहा भीमकाली गुल्म हेड क्वटारको १ नम्बर गेटको ५० मिटर दक्षिणमा रहेको कोशीटप्पु होटलमा बिजुल सर्ट भई आगलागी भएको हो ।

आगलागी हुदाँ होटलको स्टोर कोठामा रहेको समर्पूण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

स्टोरमा रहेको कपडा, खाध्यान र भौतीक संरचना सहित सो बराबरको क्षती भएको हो ।

नेपाली सेना र सशस्त्र प्रहरी, कोशी गाउँपालिका र इनरुवा नगरपालिका दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको श्रीपुर सशस्त्र वेश क्याम्पका सशस्त्र प्रहरी निरीक्षक सुदर्शन खातिवडाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia