- देवराज यादव

काठमाडौं। गायक आदित्य अजय ‘कल्चरल नेशनल म्युजिक अवार्ड २०२४’ बाट सम्मानित भएका छन्।

उपमा संचार प्रा.लि. द्वारा हालै काठमाडौंको चाबाहिल स्थित चलचित्र विकास बोर्डको हलमा आयोजित एक अवार्ड कार्यक्रममा उनलाई सो सम्मान गरिएको हो ।

कार्यक्रममा मुख्य अतिथिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माननीय दामोदर भण्डारी, बुढानिलकण्ठ नगरपालिका नगरप्रमुख मिठारम अधिकारी, आयोजक संस्थाका सभापति आशा गौतम लगायतले आदित्य अजयलाई खादा ,सम्मान पत्र तथा ट्रोफी द्धारा सम्मानित गरेका थिए ।

मैथिली गीत संगीतलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन उल्लेखनीय योगदान पुर्याएकोमा आदित्यलाई सम्मान गरिएको हो ।

बिगत लामो समय देखि गायनमा सक्रिय आदित्य अजयका दर्जनौं गीत संगीतले सांगीतिक क्षेत्रमा चर्चामा छ्न।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia