इनरुवा। सुनसरीको इनरुवामा साहित्यकारहरुको संस्थाको रुपमा रहेको “सिर्जनामा इनरुवा” नामक संस्थाको वार्षिकोत्सब तथा सधारण सभामा रमेन्द्र सावित्री लघुकथा पुरस्कारबाट ममता मृदुल पुरस्कृत हुनुभएको छ ।

लघु कथाकार एवम् गोरखापत्र दैनिकमा भाषा सम्पादनमा समेत आवद्ध रहनुभएका मृदुल पुरस्कृत हुनुभएको हो । सोही कार्यक्रममा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव साहित्य पत्रकार सम्मानबाट सम्मानित हुनुभएको छ ।

यादवले दुई दशकदेखी साहित्य सहित नेपाली पत्रकारिता र भाषा साहित्यमा योग्दान गरेको भन्दै सम्मान गरेको संस्थाका अध्यक्ष लिलानाथ सिलवालले जानकारी दिनुभयो । साहित्यकारहरुको संस्था “सिर्जनामा इनरुवा” को वार्षिकोत्सब तथा सधारण गोरखापत्र दैनिकका पत्रकार जयकृष्ण यादव सहित कोशी प्रदेशका आठ जना साहित्यकारलाई सम्मान गरेको हो ।

सिर्जनामा इनरुवा नामक साहित्यिक संस्थाको पुरस्कार, सम्मान तथा रचना वाचन सहितको तेस्रो साधारणसभामा यादव सहित सर्जक प्रमोद ढकाल, बिनोद विवस घिमिरे, विक्रमभक्त जोशी, रोहिणी रसिक, रोमु अधिकारी, शकुन्तला मन्जरी, यशोदा अधिकारी आचार्य र रमेश श्रेष्ठलाई सम्मान गरेको छ ।

आयोजक सिर्जनामा इनरुवाले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा योगदान गर्नेहरुलाई बार्षिक रुपमा पुरस्कार तथा सम्मान गर्दै आएको सिलवालले जानकारी दिनुभयो ।

संस्थाका सचिव रमेन्द्र कोईरालाका अनुसार सनिवार इनरुवा नगरपालिका सभा हलमा साहित्यकारलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

पुरस्कार र सम्मान पाउने साहित्यकारहरुलाई प्रमुख अतिथि प्राज्ञ विवश पोख्रेलले सम्मान पत्र, दोसल्ला र माला सहित सिर्जनामा इनरुवाको तर्फबाट सम्मान गरिएको थियो । यसैबीच संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा पुरस्कार वितरण, स्रष्टा सम्मान तथा रचना वाचन समेत गरिएको थियो छ ।

प्रमुख अतिथि प्राज्ञ विवश पोख्रेलले साहित्य देशको विकास र सुशासनका लागि परोक्ष रुपमा काम गरेको बताउनुयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia