इनरुवा। सुनसरीको इनरुवा ५ मा रहेको सूर्यकिरण एकेडेमी स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई विद्यालय तथा कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थी लगायत अन्य कक्षाका विद्यार्थीहरुले गीत, नृत्य र सङ्गीत लगायतको मनोरन्जन मूलक कार्यक्रमको आयोजना गरि स्वागत गरेका हुन् ।

कार्यक्रममा ७० जाना बढी कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । विद्यालयका विधार्थीहरुले मनोरन्जनात्मक प्रस्तुति प्रस्तुत गरि उपस्थित सबैलाई नचाएकाका थिए । बालबाकिलाहरुले प्रस्तुत गरेको नृत्य र अभिनयले मनोरञ्जन दिएका थिए । कार्यक्रममा विद्यालयका तर्फबाट कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई माला, खादा र टीका लगाएर स्वागत गरिएको साथै यस प्रकारको कार्यक्रम हरेक बर्ष भव्य रुपमा गर्ने गरिएको विद्यालयका प्रिन्सिपल मनोजकुमार यादवले बताउनुभयो ।

उहाँले आफ्नो विद्यालयमा पढाईको राम्रो वातावरणमा भएको तथा सुविधा सम्पन्न कक्षा कोठाका साथमा अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेर व्यवहारिक ज्ञान समेत विद्यार्थीहरुलाई दिने गरिएकोले टाढा टाढाका विद्यार्थी समेत आकर्षित भएको उल्लेख गर्नुभयो । सूर्यकिरण एकेडेमी स्कुल २०६१ सालमा स्थापना भएर विगत तीन बर्षदेखी +२ को कार्यक्रम सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल यादवले जानकारी दिनुभयो । उहाँले कक्षा ११ र १२ मा व्यवस्थापन समूह अन्तर्गत कम्प्युटर साइन्स तथा विजनेस स्टडी लगायतको नयाँ र आकर्षक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उपयुक्त हुने कोष प्याकेजको पठाइ हुने गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि तथा इनरुवा नगर प्रमुख केदार भण्डारीले इनरुवामा नीजि विद्यालयहरुको बीचमा उत्कृष्ट नतिजा सहित राम्रो व्यवस्थापन गरेको भन्दै प्रशंसा गर्दे शिक्षाको ज्योति जगाउँने कामका सूर्यकिरण स्कूलको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । विद्यार्थीहरुले सांस्कृतिक तथा साङगीतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल इन्द्रविनोद पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रममा अभिभावक नागेश्व मेहताले नगरको सामुदायिक तथा सांस्थागत विद्यालय मध्ये उत्कृष्ट देखिएको बताउनुभयो । उहाँले आफ्नो विधार्थीलाई पनि सूर्यकिरणले राम्रो पढाएको स्कूलकै उत्कृष्ट विधार्थी बनाएकोमा विद्यालय र शिक्षकहरुको खुलेर प्रसंशा गर्नुभयो । प्याब्सनका नगर अध्यक्ष रमेश प्रसाद गुरागाईले समेत सूर्यकिरणको पढाई नगरको राम्रो मध्ये राम्रो रहेकाले नवआगन्तुक विधार्थीहरुलाई लगतशिल भएर पढ्न आग्रह गर्नुभयो ।

विधार्थी सक्षम यादवले सूर्यकिरणका व्यवस्थापक देखी शिक्षकसम्मको कृयाशिलता र सृजनशिलता र विधार्थीको लगनशिलताले उत्कृष्ट पढाई भएकोले यसै विद्यालयमा राम्रो पढाई भएकाले नवआगन्तुक विधार्थीहरुलाई खुसीका साथ पढ्न आग्रह गर्नुभयो । कार्यक्रममा निरज नेपाल, विनोद यादव, शिशिर कुमार दत्त, हेमन्त शर्मा, पत्रकार जयकृष्ण यादव, सुरेन्द्र मेहता सहित ३०० बढीको सहभागिता रहेको थियो । यसैबीच उत्कृष्ण विधार्थीहरुलाई सम्मान तथा पुरस्कार समेत वितरण गरिएको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia