इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा उराँव समुदायको महान पर्व करम पुजाको अबसरमा उराँव जीवन दर्शन प्रदर्शन गरिएको छ । बुधबार उराँवहरुले करम पुजाको अबसरमा उराँव जीवन दर्शन प्रदर्शन गरिएको हो । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाले सामूहिक जमरा राखेको एक हप्तापछि करमको अबसरमा उराँव समुदायको जन्मदेखी मृत्युसम्मको संस्कार झल्किने उराँव जीवन दर्शन प्रदर्शन गरिएको हो । उराँव समुदायका युवा तथा नयाँ पुस्तालाई संस्कार, संस्कृति, तिरिजिवाज र कला जनाकारी गराउने उदेश्यले उराँव जीवन दर्शन प्रदर्शन गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।

यसैबीच कोशी प्रदेशका उराँवहरुको ३५ वटा समूहको सहभागितामा विभिन्न स्थानमा झाकी तथा र्याली प्रदर्शन गरिएको छ । प्रकृति पुजक उराँवहरुले आफ्नो सांस्कृतिक तथा धार्मिक कार्यक्रम सहित महान पर्व करम पुजामा आफ्नै भाषामा गीत, नाच, आफ्नै पहिरणमा झाकी प्रर्दशन गरेका छन् ।

प्रत्येक वर्ष भदौ पूर्णिमाका दिन मनाउने करम पुजाको दिन बुधबार सदरमुकाम इनरुवामा नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाले सातौ करम पूर्व सन्ध्या कार्यक्रम गरेको छ । सामूहिक अखडा (नाचगान) सहित साताअघि नै राखेको जमारा लगाएर करम पुजा सहित सांस्कृतिक कार्यक्रम गरेको जनाएको छ ।

प्रतिष्ठाकै आयोजनामा सातौं करम पूर्व सन्ध्या कार्यक्रम दुई हजार बढी उराँवहरुको सहभागितामा सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभएको छ ।

सातौं करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रमका प्रमुख अथिति पूर्व प्रदेश संसदीय दलका नेता तथा नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव कोईरालले सबै जातजातीको संस्कार, संस्कृति र पहिचानको संक्षरणको पक्षमा आफूहरु रहेको बताउनुभयो ।

कोईरालाले सबै नागरिक समान भएकाले उराँवहरुको समेत राज्यको हरेक निकायउमा उपस्थिती र प्रतिनिधित्व गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले उराँवहरुको हक, हित र अधिकारसगैं संस्कार, संस्कृति र पहिचानको संक्षरणको पक्षमा रहेको बताउनुभयो ।

त्यसैगरी पूर्व संघीय राज्य मन्त्री सिताराम मेहताले देशको विभिन्न जनजाती मध्ये उराँवहरु पनि एक भएको र उनीहरुको भाषा, धर्म, संस्कृति, रितिरिवाज र पहिचान रहेकोले आफूहरु आफ्नो क्षेत्रमा प्रोत्साहनका लागि काम गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहताले उराँवहरु तराई मधेसको धर्ती पुत्र भएकाले उनीहरुको संक्षरणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आफू सदैव उराँवहरुको हक,हित र अधिकारको पक्षमा रहेको बताउनुभयो । भारतको राची विश्व विद्यालयका प्रा.डा. हरी उराँवले नेपाली उराँवहरुलाई राज्यले सम्मान गर्ने काम गरेको र कोशी प्रदेशले विदा समेत दिएकाले खुसी व्यक्त गर्नुभयो ।

उहाँले नेपाली उराँवहरुको जीवन स्तर उकास्ने खालका नीति तथा कार्यक्रमहरु राज्यले ल्याउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी भारतको राची विश्वविधालय र झारखण्डका अनुशंधानकर्ता डा.बन्दे खल्खोले नेपाल र भारतको बीचमा रहेको सम्बन्धलाई उराँव समुदायले पनि जोड्न योग्दान गरेकाले नेपाली उराँवहरुको पहुच र पहिचानका लागि राज्यले लोककल्याकारी कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिनुभयो ।

आफ्नो महान पर्व करम पूजाको अवसरमा पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ गरेको प्रतिष्ठानका सचिव सम्पतलाल उराँवले जानकारी दिनुभयो । उराँवहरु आफ्नै मौलिक भेषभुषामा सजिएर ¥याली र झाकी पर्दशन सहितको कार्यक्रम एतिहासिक रुपमा गरेको राष्यिट मानव अधिकार आयोगका अधिकृत तथा प्रतिष्ठाका सल्लाहका शारणा उराँवले बताउनुभयो । उराँव जीवन दर्शन तथा करम पूर्व सन्ध्या कार्यक्रमबाट उराँव समुदायको महान पर्वको बारेमा जानकारी दिने तथा भाषा, कला , संस्कृतिको संरक्षण गर्न र मौलिकता प्रदर्शन गर्न योगदान पुगेको प्रतिष्ठानका दुर्गा उराँवले बताउनुभयो । उहाँलेउराँवहरूको हक, अधिकार र पहिचानका लागि योगदान रहने गरि करम पूर्व सन्ध्या कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
वहाँले उराँव समुदाय इनरुवाको पहिलो जाती मध्येको एक भएकाले उनीहरुको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा आफूहरुले कार्यक्रम विगत सात वर्षदेखी गर्दै आएको बताउनुभयो ।

प्रतिष्ठानका ब्रहमदेव उराँवका अनुसार करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रममा उराँव कलाकारहरूले नाटक, नृत्य, र्याली र झाँकी प्रदर्शन गरेको छ । करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल, गीत, नृत्य, पहिरन, बाजागाजा, पोशाक, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जनका साधन प्रदर्शन गरिएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सहसचिव देवप्रकाश उराँवले बताउनुभयो ।

उराँवले नयाँ पुस्तालाई उराँव समुदायको परम्परागत भेषभुषा र भाषा, संस्कृति बारे जानकारी दिन र इनरुवा झोडा फँडानीमने समयमा बसोबास गर्ने पहिलो जाति भएकाले यस जातिका बारेमा सबैलाई जानकारी गराउनको लागि करम पूर्व सन्ध्या तथा संस्कृतिक कार्यक्रम सार्थक भएको उल्लेख गर्नुभयो ।

यसैबीच सोही अबसरमा उराँव समुदाय सम्मान २०२४ बाट प्रा.डा. हरी उराँवलाई सम्मान गरेको जनाएको छ । प्रतिष्ठानको निम्तोमा भारतको राची विश्वविधालय र झारखण्डका अनुशंधानकर्ता, भारतीय आदिबासी विकास परिषद विहारका अध्यक्ष जितेन्द्र उराँव, मिडिया प्रभारी आन्नद लाक्डा, विश्वनाथ उराँव, डा.बन्दे खल्खो सहितका अथितिहरु आउनुभएको थियो । करम पूजा मनाउनलाई उराँवहरु एक हप्ता अगाडि बाजा–गाजा सहित स्थानीय नदीबाट जमरा राख्न वालुवा ल्याएर जमरा राखिएको थियो । सोही जमारा लगाएर पुजासगैं सातौं करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia