झापा । चर्चित डली चायवाला सोमबार नेपाल आइपुगेका छन् । सोमबार अपरान्ह उनी झापाको काँकडभिट्टा आइपुगेका हुन् ।
दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित उनी आइपुगेको उनलाई नेपाल ल्याउने संस्था ग्लोबल इनोभेसन पार्टनरका आरिफ अलीले जानकारी दिए ।

उनलाई नेपाल सीमा नजिकको भारतको बागडोरा विमानस्थलबाट आयोजकले झापासम्म ल्याएका थिए । डली चायवाला धुलाबारीको पाँचतारे होटल मेची क्राउन प्लाजामा बसेका छन् ।त्यहाँको लंका रिसोर्टमा उनले चिया बनाएर अतिथिलाई खुवाउनेछन् ।

सोही होटलमा हुने कार्यक्रममा हिमालय टिभीको रियालिटी शो भ्वाइस किड्सबाट चर्चित अर्नव वनसहितका कलाकारले सांगीतिक प्रस्तुति समेत दिने भएका छन् ।डली चायवाला मंगलबार बेलुका काठमाडौं जानेछन् ।

भारतमा हालै सम्पन्न जी-सेभेन बैठकको क्रममा अमेरिकी अर्बपति बिल गेट्सलाई चिया खुवाएपछि उनी विश्वव्यापी चर्चामा आएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia