- अजित झा

इनरुवा। सुनसरीको ९ स्थानमा श्रीकृष्णजन्माष्टमीको अवसरमा रथयात्रा सम्पन्न भएको छ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थान गरेर ९ स्थानमा श्रीकृष्णजन्माष्टमीको अवसरमा रथयात्रा सम्पन्न भएको हो ।

सदरमुकाम इनरुवामा एक लाख बढी स्थानीयको सहभागीतामा भव्य रथ यात्रा सम्पन्न भएको रथयात्रा मुल समितिका सचिब सुनोज निरौलाले जानकारी दिनुभयो । सोमबार भगवान श्रीकृष्णको मुर्ती पुजा गरेर हर्सोल्लासाका साथ कृष्णजन्माष्टमी मनाएकोमा मंगलबार दिउसो स्थानीयको सहभागीतामा भव्य रथयात्रा निकालिएको हो ।

जिल्लाका ग्रामिण सहित नगरक्षेत्रका स्थानीयको सहभागीतामा राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रा इनरुवा ३ को महेन्द्र चौक, सखुवागाछी, अदालत रोड, सोमबारे हाट, कृषि कार्यालाय, इनरुवा नगरपालिका, लोकतान्त्रिक चौक, जिसस रोड, जिल्ला प्रहरी कार्यालाय हुदै बसचौक मुख्यराजमार्गसम्म भव्य रथयात्रा निकालिएको हो ।

वैदिक सनातन हिन्दु धर्मावलम्बी स्थानीयले श्रीकृष्णजन्माष्टमी पर्वको अबसरमा भगवान् श्रीकृष्णको प्रतिमुर्ती बनाएर घरघरमा पूजा-आराधना गरेकामा सबै स्थानीयले घरघर अगाडि रथयात्रामा सहभागी हुदै रथको डोरी तानेका थिए ।

रथयात्रा समारोह आयोजक समितिका सचिब निरौलाका अनुसार विभिन्न जातजातीको मौलिक नृत्य, झाकी सहित निकालिएको रथयात्रामा एक लाख बढीको सहभागीता रहेको थियो ।

रथयात्रामा उधोग बाणिव्य संघ इनरुवाले आईसक्रिम निःशुल्क रुपमा वितरण गरेको थियो । त्यसैगरी रथ यात्रालाई मुस्लिम संघ सुनसरीले बिभिन्न स्थानमा स्वागत गरेका थिए ।

मुस्लिम संघ सुनसरीका अगुवाले स्वागत गर्नुका साथै सहभागीलाई पानी, फ्रुटी वितरण गरेका थिए । इनरुवामा निकालिएको रथयात्रामा मुस्लिम संघका अगुवा तथा कोसी प्रदेशका सांसद ईसराईल मंसुरीले पानी वितरण गर्नु भएको थियो ।

उता दुहवीमा समेत भव्य रथयात्रा निकालिएको नेपाल यादव सेवा समितिका अध्यक्ष गोविन्द यादवले जानकारी दिनुभयो ।

त्यसैगरी सुनसरीको हरिनगर, इटहरी, धरान, लागयतका स्थानमा शान्तिपूर्ण रुपमा रथयात्रा सम्पन्न भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia