विराटनगर। विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी भएको छ।
विराटनगर ५ बरगाछीमा रहेको सो अस्पतालको आईसीयूमा आगलागी भएको हो।
आगलागीको बख्त आईसीयूमा बिरामी नरहेको र आईसीयू खाली रहेका जनाएको छ।
खाली रहेको आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरु भने त्रसित बनेका छन् ।
आइतबार दिउँसो उक्त घटना घटेको हो।
विधुत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले बताएको छ।