पेरिस ओलम्पिकमा आज नेपालको अन्तिम प्रतिस्पर्धीका रूपमा सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन्।

युनिभर्सियालिटी कोटाबाट म्याराथनमा सहभागिताका लागि पेरिस ओलम्पिकमा पुगेकी सन्तोषीले त्यहाँ केही सातादेखि अभ्यासको अवसर पाएकी छिन्। सन्तोषी १५ साउनमा पेरिस पुगेर अभ्यास गरिरहेकी हुन्। १० दिन उनले प्रशिक्षण गर्ने मौका पाइन्।

त्यहाँको कोर्स देखेर उनलाई केही अप्ठ्यारो लागेको भएपनि इथियोपियाका तोला तामिरतले ओलम्पिक कीर्तिमानसहित शनिबार पुरुष म्याराथन जितेपछि आत्मविश्वास बढेको बताइन्।

उनी ओलम्पिकमा आफ्नो तर्फबाट कीर्तिमानी प्रदर्शनको तयारीमा रहेकी छिन्।

२०१९ को १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सन्तोषीले १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्। पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथनमा आफूलाई बलियो बनाउँदै लगेकी उनले विभागीय टिम बाहिरबाट रवाफिलो प्रदर्शनको इतिहास बनाएकी छिन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia