गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । भारततर्फ गाँजा तस्करी गरि लैजाने योजनामा रहेका उनीहरिलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–१४ मा ६११ किलोग्राम गाँजासहित बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलाल प्रसाद जैसवालका अनुसार बिहारको मोतिहारीका २५ वर्षीय गुड्डु कुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिष कुमार गिरीलाई पक्राउ गरिएको हो ।

मिनी ट्रक प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia