- सुरेन्द्र मेहता

भोक्राहा। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र गाउँपालिकाको साझेदारी लगतमा भोक्राहा नरसिंह २ आधारभुत विद्यालयको नव निर्मित चार कोठे भवन उद्घाटन तथा सम्मान समारोह कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार एक कार्यक्रमको योजना गरि गाउँपालिका अध्यक्ष अजम अखतर अजादले भवनको उदघाटन गर्नु भएको हो।
उद्घाटन कार्यक्रममा भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु एवं निवर्तमान व्यवस्थापन समिति पदाधिकारीहरूको सम्मान तथा प्रधानाध्यापकको पदभार ग्रहण कार्यक्रम सम्पन्न गरिको प्रधानाध्यापक सुर्य नारायण मेहताले जानकारी दिइएको छ ।

पुर्व प्रधानाध्यापक मेहताका अनुसार कार्यक्रमा पुर्व विद्यालय व्यवस्थापन समितीहरु लाई दोसल्ला, प्रमाणपत्र र अबिरको टीका लगाएर धन्यवाद ज्ञापन गर्दे स्वागत सम्मान गर्नु भएको बताए।

कार्यक्रमा सुखसेना शाखा नहर सुनसरीका अध्यक्ष शुकदेव मेहता, नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह सभापति युवराज दाहाल, गाउँपालिका शिक्षा शाखा रमेश चन्द्र तिम्सिना, शारदा मावी ढोकका व्यवस्थापन समिती अध्यक्ष राम कुमार मेहता, पुर्व व्यवस्थापन समिती,पुर्व प्रधानाध्यापक लगायत गाउँ समाजसेवि व्याक्तिहरुको उपस्थिति रहेकोे थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia