काठमाडौँ। भारतमा पनि आईफोन १६ को प्रो र प्रो म्याक्स मोडल बन्ने भएको छ।
अमेरिकी प्रविधि कम्पनी एप्पलले उत्पादक साझेदार कम्पनी फक्सकनसँग मिलेर आईफोन १६ को प्रो र प्रो म्याक्स एसेम्बल गर्ने भएको छ ।

एप्पलले फक्सकनसँग मिलेर भारतमा आईफोन १६ प्रो र प्रो म्याक्स उत्पादन गर्ने भएको हो ।

गत वर्ष भारतमा एप्पलका आईफोन १५ र १५ प्लस पनि उत्पादन भएका थिए ।

भारतको तामिल नाडु राज्यमा रहेको श्रीपेरुम्बुदुरमा रहेको फक्सकनको कारखानाले नयाँ मोडलका आईफोन उत्पादन गर्ने तयारी गरिरहेको स्रोतलाई उद्धृत गर्दै मनीकन्ट्रोलले जनाएको छ ।

एप्पलले आगामी सेप्टेम्बर महिनामा आईफोन १६ बजारमा ल्याउने तयारी गरिरहेको छ।

हरेक वर्ष एप्पलले भारतमा रहेका आफ्ना साझेदारसँग मिलेर उत्पादन क्षमता थप वृद्धि गर्दै लैजाने उल्लेख गरेको छ । खबरहबको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia