नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को खेलमा भारतसँग पराजित भएको छ। समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। मंगलबार

श्रीलंकाको दाम्बुला रंगशालामा नेपालले भारतसँग ८२ रनको फराकिलो अन्तरको हार बेहोर्यो। भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन मात्र जोड्न सक्यो।

पहिलो खेलमा युएईलाई पराजित गरे पनि त्यसपछिका दुई खेलमा लगातार हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको हो। दोस्रो खेलमा नेपालमाथि पाकिस्तानले ९ विकेटको जित निकालेको थियो।

भारत भने ३ खेलमा अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको छ ।

समूह ए कै पाकिस्तान पनि ३ खेलमा २ जीत र एक हारसाथ सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यो समूहबाट भारत विजेता र पाकिस्तान उपविजेताको रुपमा अन्तिम चारमा पुगेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia