क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छिन्। भरतपुर विपी कोइराला मेमोरयिल क्यान्सर अस्पतालकी लेखा अधिकृत कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार घुससहित पक्राउ गरेको हो।

अख्तियारले हेटौंडाको टोलीले स्टिङ अपरेशनका क्रममा भरतपुर–४ स्थित एक रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको हो।

अख्तियारले उनलाई नगद १ लाख पचास हजार र ४ लाख पचास हजार रुपैयाँको चेक सहित नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले औषधि आपूर्तिको रकम भुक्तानी दिए वापत घुस लिएको आरोपमा कोइरालालाई रङ्गेहात पक्राउ गरेको जानकारी दिए।

अस्पतालको औषधि खरिदको भुक्तानी गर्दा कोइरालाले घुस लिन लागेको आरोप छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia