काठमाडौं । माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टममा समस्या आएपछि विश्वभर विभिन्न सेवा प्रभावित भएको छ । जसका कारण बैंकिङ, उडान, समाचार प्रशारण, दुरसञ्चार, सुपरमार्केट लगायत सेवा प्रभावित भएका हुन् । विन्डोज अपरेटिङ सिस्टममै बेलाबेला निलो स्क्रिन देखाएका कारण संसारभर नै कम्प्युटर चलेका थिएनन् ।

उक्त समस्याले गर्दा नेपालमा पनि करिब ३ घन्टा बैंकिङ सेवा प्रभावित भएको छ । बिहान ११ बजेदेखि बन्द बैंकिङ सेवा करिब २ बजे खुलेको छ ।

बैंकहरुको कोर बैंकिङ सफ्टवेयरमा समस्या नरहे पनि माइक्रोसफ्टको सर्भर समस्याका कारण बैंकिङ सेवा अबरुद्ध भएको बैंकरहरुले बताएका छन् ।

नेपालमा विभिन्न बैंकहरुले ग्राहकलाई ढोकाबाटै फर्काउने गरेका थिए । नियमित बैंकिङ अवधिमा सेवा अबरुद्ध भएपछि केही बैंकले थप अवधि सेवा दिएका थिए ।

सो अवधिमाा इलेक्ट्रोनिक चेक क्लियरिङ, आईपीएस तथा आरटीजीएसलगायत सेवा अबरुद्ध भएका कारण ती सेवा लिन आउने ग्राहक प्रभावित भएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia