दुबईकी राजकुमारी शेखा महरा बिन्तले आफ्ना पतिलाई तलाक दिएकि छिन्। दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी बिन्तले आफ्ना पति शेख मानालाई तीन तलाक दिएकी छन् ।

आफ्नो इन्स्टाग्राम अकाउन्टमा अङ्ग्रेजीमा पोष्ट गर्दै महराले लेखेकि छिन्, ‘तिमी अरुसँग व्यस्त छौ । म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु ।’ महराले श्रीमान शेख मनालाई इन्स्टाग्राममा अनफलो गरेकी छिन् । यसबाहेक महराले श्रीमान्सँग पोस्ट गरेका सबै तस्विर पनि हटाएकी छन् ।

गत वर्ष विवाह गरेकी महराले यसै वर्ष मे महिनामा छोरीलाई जन्म दिएकी थिइन् । शेखा महराको जन्म सन् १९९४ मा भएको थियो ।

३० वर्षीया शेखा महराले आफूभन्दा चार वर्ष कान्छो शेख मानासँग २०२३ को मे महिनामा विवाह गरेकी थिइन् । शेख माना एक उद्यमी हुन् ।

उनका अल्बाराडा ट्रेडिङ, दुबई टेक, जीसीआई रियल इस्टेट डेभलपमेन्ट कम्पनी र एमएम ग्रुप अफ कम्पनीहरू जस्ता कम्पनी रहेका छन् ।

यसबाहेक उनी एक ट्राभलर पनि हुन् । महरासँग सम्बन्धित केही व्यक्तिले शेखा महराले सम्बन्धविच्छेद नगरेको दाबी गरेका छन् ।

उनीहरुले उनको एकाउन्ट ह्याक भएको बताएका छन् । भने कैयौंले महरालाई समर्थन गर्दै सहासी राजकुमारी भनेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia