निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखिएको छ। आज साउन २ गते बुधबार सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सुचना अनुसार ६ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको हो ।

विभिन्न सररकारी कार्यालयको काम गर्न दिइएकोमा उक्त निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका चार निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको साउन १ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो । कालो सूचीमा राखिएका कम्पनीले १ वर्ष देखि २ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद कार्यमा संलग्न हुन नपाउने गरि प्रतिबन्ध लगाइएको कार्यालयले जनाएको छ । ती कम्पनीले कालोसूची अवधिभर सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia