साउने संक्रान्ति पर्व प्रत्येक वर्ष साउन १ गते मनाउने गरिन्छ। आज साउन १ गते देशभर स्नान, दान एवं पुजा अर्चना गरि मनाइदैछ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरूपमा मनाइन्छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद्धहरु बताउँछन् ।

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महीनालाई विशेषरूपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ ।

साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ ।

साउन महिनाभर देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छ । महिलाले हरियो चुरा तथा हरियो पहिरन लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia