दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। नाग अश्विनले निर्देशन गरेको फिल्मलाई दर्शकहरूले खुब माया दिइरहेका छन्। फिल्मका हरेक पात्र दर्शकले रूचाइरहेका छन्। फिल्मले रिलिज भएको ४ दिनमै विश्वभरबाट ५०० करोड भारू कमाएको छ।

निर्माण टिमले ‘कल्की २८९८ एडी’ को दोस्रो भाग बन्ने खुलासा गरिरहेका छन्। यो फिल्म हेरेपछि दर्शकहरू दोस्रो भागको पखाईमा छन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो फिल्मको लागि दर्शकले लामो समयसम्म पर्खनु पर्नेछ। हालै निर्देशक नाग अश्विनले फिल्मको दोस्रो पार्ट बन्न तीन वर्ष लाग्ने बताएका छन्। ‘कल्की २८९८ एडी’ मा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ। फिल्ममा विजय देवराकोन्डा, दुल्कर सलमानको केमियो भूमिका छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia