sivia-charan-yadavएजेन्सी । कक्षा १० को अन्तिम परीक्षामा विद्यार्थी कतिपटक फेल हुन सक्छन? २,४ वा ५ पटक । तर भारत राजस्थानका ७७ वर्षीय शिवचरण यादवले ४६ वर्षदेखि १० कक्षाको परीक्षा दिंदै आएका छन् । यो पटक पनि उनी रातभर नसुति पढिरहेका छन् । भारतमा १० मार्चदेखि हुन लागेको राज्य बोर्ड परीक्षामा उनी ४७ औं पटक कक्षा १० को परीक्षा दिन लागेका छन् । उनी अहिल्यै हार मान्न चाहन्नन् र अझै परीक्षा पास गर्ने उत्साहका साथ पढी रहेका छन् ।

४६औं पटक परीक्षामा फेल भइसकेका यादवले १० कक्षाको परीक्षा पास नगरुन्जेल विवाह नगर्ने प्रण गरेका छन् । उनले परीक्षामा पास हुन उमेरले नछेक्ने बताएका छन् । उनले फेरी परीक्षा दिने र यो पटक पास भएरै देखाउने आशाका साथ भनेका छन,–‘मैले पहिलो पटक सन् १९६८ मा दश कक्षाको परीक्षा दिएको थिएँ, त्यतिबेला म फेल भएँ, कहिले कुन विषयमा  फेल हुन्छु ,कहिले कुन विषयमा फेल हुँदै आएको छु । मलाई पुरा विश्वास छ, म यो पटक सबै विषयमा पास हुनेछु । ’

२१ वर्ष अगाडी परीक्षामा गणित विषय बाहेक सबै विषयमा पास भएको अनुभव उनले सुनाए । अहिले शिक्षकरुसंग ट्युसन पनि लिएको र मिहेनत पनि गरिरहेको बताएका छन् । उनी आफ्नै घरमा एक्लै बस्छन् र सरकारको बृद्धभत्ता र मन्दिरको प्रसाद खाएर नै आफ्नो गुजारा चलाइरहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia