पूर्व पश्चिम राजमार्गमा पर्ने सर्लाहीको बागमती नगरपालिका–१ रायमाझी चोकमा बिहिबार बिहान ६ बजे यात्रु बस र भारतीय मालबाहक लरी (ट्रक) आपसमा ठोकिदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा झण्डै १० जना घाइते भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

गम्भीर अवस्थाका पाँच जना घाइतेलाई उपचारको लागि वीरगञ्ज पठाइएको र अन्य घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्वरको बस रायमाझी चोकको सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्वरको भारतीय मालबाहक ट्रक (लरी) मा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia