narendra-modi२३ फागुन, नयाँ दिल्ली। भारतीय पश्चिमी राज्य गुजरातमा आतङ्कवादी हमला हुनसक्ने भन्दै यसका विरुद्ध सतर्क रहन सूचना जारी गरेको छ ।

सो राज्यमा आतङ्कवादी हमलाको सूचना प्राप्त भएको भन्दै सो क्षेत्रमा सैनिकले कडा अपरेशन पनि सञ्चालन गरेको बताइएको छ ।

सो क्षेत्रमा समुद्रको बाटो भएर कम्तीमा पनि १० जना आतङ्ककारी प्रवेश गरेका र उनीहरुले सो क्षेत्रमा आक्रमणगरी आतङ्क मच्चाउनसक्ने सम्भावनाका आधारमा सो कारबाही गरेको बताइएको छ ।

समाचार स्रोतका अनुसार सो क्षेत्रमा आतङ्कवादी हमलाका कारण हुनसक्ने क्षतिको अनुमान गरी प्रहरी पनि खटाइएको छ ।

उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी पनि खटाइएको समाचारमा उल्लेख गरिएको छ । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश पनि हो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia