timthumb.phpइलाम, असोज २९/

इलाम कारागारका कैदीबन्दी यतिबेला मुढा बुनेर दसैँ खर्च जुटाउन व्यस्त छन्।
 कारागारमा रहेका ८० जना कैदीबन्दीले मुढा बनाएर बिक्री गरिरहेका छन्। कारागारभित्रै कैदीलाई मुढा बुन्ने व्यवस्था मिलाइ दिएपछि दसैँका लागि उनीहरु घरखर्च पठाउन थालेका छन्।
कारागारमा रहेका पाँचथर नागीका उमेश हिङ्नाम, इलाम नगरपालिका–९ का प्रेम अधिकारीले मुढा बुनेर दैनिक २ सय देखि ३ सय कमाई गरिरहेका छन्। “परिश्रम गरेअनुसारको आम्दानी राम्रै छ” अधिकारीले भने। मुढाबाट भएको पाँच हजार आम्दानी भर्खरै दसैँका लागि घर पठाएको उनले बताए।  कारागार प्रमुख दुर्गाप्रसाद दुलालले कैदीबन्दीलाई आम्दानी गर्न मुढा बुन्ने अवसर दिलाई दिएको र यतिबेला अधिकांश कैदीबन्दी मुढा बुनेर दसैं खर्च जुटाउन लागिपरेको बताए।
 जीतपुर–६ का मनबहादुर मगर, सिद्धिथुम्का–९ का प्रेमवाला राई, इरौंटार–७ का धनकुमार राईलगायतका कैदीबन्दी मुढा बुन्ने काममा लागिपरेका छन्।
“दिनभर बेकम्मा भएर बस्नुभन्दा सीप पनि सिकिने, दसैँ खर्च पनि हुने भएकाले मुढा बुन्न व्यस्त छु,” धनकुमार राई भन्छन्। मुढाको कुँडुलो बनाएर धागो लगाउने काम गर्ने गरेको उनले बताए। “डाइनिङ टेवल बनाएको एक सेटको छ हजारदेखि १८ हजारसम्म बिक्री गर्ने गरेका छौँ” उनले भने। कैदीबन्दीले मुढाका साथै ढाकी, डाला पनि बनाउने गरेका छन्।
 मुढा बुनेर दैनिक ३ सय रुपैयाँसम्म आम्दानी हुने कैदीबन्दीहरु बताउँछन् । यहीबाट कमाएको केही पैसा घरखर्चका लागि उनीहरुले पठाउने गरेका छन्। कोही बाँसको सिन्का चिर्ने, मुढाको कुँडुलो बनाउने, कोही फेदमा टायर लगाउँछन्। एक सय जना पुरुष र २५ महिला गरी १२५ जनाको क्षमता रहेको कारागारमा अहिले ३४० जना कैदीबन्दी छन् ।
यहाँ उत्पादन भएको मुढा इलाम, पाँचथर, काठमाडौँ, विराटनगर, भारतको विभिन्न सहरसम्म पु¥याउने गरेको कारागारका कर्मचारी प्रदीप न्यौपानेले बताए। कैदीबन्दीले बनाएको मुढा आकर्षक, टिकाउ र गुणस्तरीय हुने भएकाले यहाँको मुढाको माग धेरै रहेको कारागार शाखाले जनाएको छ । एउटा मुढा बनाउन अधिकतम ३ सय रुपैयाँसम्म खर्च लाग्ने कैदीबन्दी बताउँछन्। यहाँ बनाइएका मुढा २ सय रुपैयाँदेखि ६ सय रुपैयाँ तथा डाइनिङ टेबल ६ हजारदेखि १८ हजारसम्म पर्ने कैदीबन्दी बताउँछन्। कैदीको सीप विकासका लागि जिल्ला घरेलु तथा साना उद्योग विकास समितिले कैदीबन्दीलाई विभिन्न समयमा मुढा बुन्ने, ढाकाका कपडा बनाउने तालिमसमेत प्रदान गर्दै आएको छ। सुधार गृहका रूपमा रहेको यो कारागार मुढा उत्पादनका लागि देशकै नमुना भएको कारागारले जनाएको छ। रासस /setopati

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia