air-india

२१ फागुण, एजेन्सी । भारतबाट युरोपको लागि उडेको एयर इंडियाको विमानमा एक जड्याहाले उत्पात मचाएको कारण एक हजार पाउड रकम जरिवाना तिर्नुपरेको छ । रक्सीको मातमा डुबेका एक यात्रीले विमानको प्यासेजमा पिसाब फेरेको र अन्य यात्रीहरुमाथि दुव्यवहार गरेका थिए ।

आफ्नो १० वर्षीय छोराको साथमा यात्रा गरेका ३९ वर्षीय जीनु अब्राहमको यस्तो व्यबहारले विमानका सुरक्षाकर्मिले उनलाइ हतकडि लगाएर सिट बेल्टसंग बाधिंदिएका थिए । युरोप पुगेर उनलाई समातियो र उनीमाथि तीनसय पाउन्ड जरिवाना तिर्न लगाइयो ।

कोर्टले उनलाई विभिन्न कारणले ८ सय पाउन्ड क्षतिपुर्ति तिर्न आदेश दियो ।

अभियोग लागाउने पक्षले भनेअनुसार, युरोप पुग्न ४० मिनेट अगाडी उक्त व्यक्तिले विमानको प्यासेजमा आफ्नो पाइन्ट फुकालेर विमानको कार्पेट र सिटमा पिसाब फेरिदिए ।

त्यही जीनुको वकिलले आफ्नो पक्षमा बोल्दै भने,–‘ भारतको एरपोर्टमा उनको सामान कतै हरायो, त्यसैको कारण उनले डिप्रसनमा खाने औषधी पनि लिन पाएनन्,उनी आफ्नो श्रीमतिको स्वास्थ्यको लागि पनि निकै चिन्तित र अत्तिएका थिए ।’

तर जीनुले त्यो समय दुइ ग्लास ह्विस्की पिएको र त्यसबेला विमानमा गरेको कुरा केही याद नभएको स्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia