AFGHANISTAN-UNREST

२१ फागुन।(फाइल फोटो)अफगानिस्तानमा तालिवान सशस्त्र हतियारधारीविरुद्ध अफगान सुरक्षा अधिकारीद्वारा गरिएको कारबाहीका क्रममा शुक्रबार १५ जना तालिवान विद्रोही मारिएका छन् ।

गत २४ घन्टाभित्र गरिएको यस कारबाहीको क्रममा एकजना अफगान सैनिकले समेत ज्यान गुमाएका गृह मन्त्रालयद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीका क्रममा केही इस्लामिक स्टेट्सका लडाकू पनि परेका बताइएको छ । तर त्यस विषयमा भने केही खुलाइएको छैन ।

अफगान प्रहरी र सेनाको संयुक्त सहभागितामा भएको यस कारबाहीमा २६ घाइते भएका पनि मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये केहीमा कारबाही जारी राखिएको पनि समाचारमा जनाइएको छ । साथै यस कारबाहीका क्रममा भारी मात्रामा हातहतियारसमेत बरामद गरिएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia