slc-students

२१ फागुन । यस वर्षको एसएलसी परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार एसएलसी परीक्षाको तयारी पूरा भएको छ। जनक शिक्षा सामग्री केन्द्रमा गोप्यरुपमा एसएलसीको प्रश्नपत्र छपाइ भइसकेको र प्रश्नपत्र जिल्ला-जिल्ला पठाइ सकिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रका अनुसार , ‘परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका लगायतकासबै सामग्री सबै जिल्लामा पठाई सकिएको छ, प्रश्नपत्र पनि अधिकांश जिल्लामा पठाइसकिएको छ, बाँकी बागमतीका, दोलखा, सिन्धुपाल्चोकका १० जिल्लामा पनि पठाउँदैछौँ ।’

परीक्षामा यस वर्ष छ लाख १५ हजार विद्यार्थी सहभागी हुनेछन् । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठले नियमित र एक्जाम्टेड गरी छ लाख १२ हजार तथा प्राविधिकतर्फका तीन हजार विद्यार्थीले परीक्षामा सहभागी हुने जानकारी दिए । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र एक्जाम्टेडतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुनेछन् ।

नियमिततर्फ प्राविधिकतर्फका ९९ विद्यालयका तीन हजार २५५ विद्यार्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ दुई लाख २५ हजार ३४६ छात्र र दुई लाख २७ हजार ५३५ छात्रा सहभागी हुनेछन् । श्रेष्ठले सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिने जानकारी दिए ।

यस वर्ष एसएलसी परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसएलसीको नतिजा ग्रेडिङ सिस्टममा सार्वजनिक हुने भएकाले उत्तीर्णाङ्क उल्लेख नगरी प्रश्नपत्र छपाइ भएको कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया